इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने घोषणा


२८ पुष २०७६, सोमबार
5068 Shares
1578886251kamia

काठमाडौं,२८ पुस। इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदैनँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

किमिया हाल कहाँ छिन् भन्नेबारे आधिकारिक जानकारी छैन । तर इरानी मिडियाहरुले उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुनसक्ने उल्लेख गरेका छन् ।

इरानी सैनिकले १७६ जना सवार युक्रेनको विमानलाई रकेट प्रहार गरेर खसालेको विरोधमा सरकारविरुद्ध प्रदर्शन भइरहेको बेला ओलम्पिक खेलाडीको यो भनाइ बाहिर आएको हो । इरानको आक्रमणबाट युक्रेनको विमान दुर्घटना हुँदा चालक दलका नौ सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।

jagdamba.cement
rbbbb

5e1b46bfcbde732c0e5df591 o U v2

सुरुमा इरानले विमानमा आक्रमण नगरेको बताएको थियो । तर पछि सेना प्रमुखले अमेरिकाले प्रहार गरेको ड्रोन ठानेर भुलबस युक्रेनी विमानमा आक्रमण गरेको भन्दै गल्ती स्वीकारेका थिए । त्यसपछि सरकारी अधिकारीले झूठ बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन् ।
किमियाले आफ्नो पोस्टमा ‘म इरानमा सताइएका लाखौं महिलामध्येकी एक हूँ। म वर्षौदेखि देशका लागि खेलिरहेको छु। अधिकारीहरूले जे भने पनि मान्दै आइरहे, हर आदेशको पालना गरें तर उनीहरूका लागि हामी कुनै महत्व राख्दैनौं। हामी केवल उनीहरुका लागि प्रयोग हुने हतियार मात्र हौुं, लेखेकी छन्।

यसगरी किमिया अलिजादेहले सरकाले उनको सफलतालाई राजनैतिक रुपमा प्रयोग गरिदैं आइयो भने अर्कोतीर अधिकारीहरूले उनको अपमान गर्दै आइरहेको लेखेकी छन्।

उनको पोस्टमा इरानी अधिकारीहरुले कुनै महिलाले खुट्टा तन्काउनु पुण्यको काम होइनु भनेर आफ्नो अपमान गर्ने गरेको बताएकी छन्। त्यसैगरी उनले आफूलाई युरोपबाट आकर्षक प्रस्ताव मिलेको भन्ने आरोपलाई अस्वीकार गरेकी छन्। कामियाले सो पोस्टमा आफ्ना आगामी योजनाहरुका बारेमा केही खुलाएखी छैनन्। उनले आफू सँधै इरानको छोरी बनेर बस्ने बताएकी छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७