नेपालको प्रचार गर्न पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी नागरिक फरार


२९ पुष २०७६, मंगलवार
nepal tourism board 0DhuJP98AR

काठमाडौं, २९ पुस । नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैंयाँ) लिएर एक विदेशी फरार भएका छन् ।

विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरीक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन् ।

उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला र्पुयाएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए । ‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलर सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो ।

सार्वजनिक खरिद ऐनअनुसार विना प्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, सुरुमा आधा भुक्तानी गर्नसमेत मिल्दैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७