चन्दा नदिएपछि पौडेलको गोली हानी हत्या


२१ पुष २०७४, शुक्रबार
manoj

रुपन्देही : रुपन्देशी देवदहका काठ व्यवसायी बसन्त पौडेलको हत्या चन्दा नदिएका कारण भएको रहस्य खुलेको छ । बसन्तसँग आफूले पाँच लाख चन्दा माग्दाखेरी नदिएपछि हत्या गर्न लगाएको मलेशिया रहेका गुण्डा नाइके मनोज पुनले फोनमार्फत बताएका छन् ।manoj

उनले रुपन्देहीका सञ्चारमाध्यमलाई मलेशियाबाट फोन गर्दै हत्याको जिम्मा लिएका हुन् । मिलभित्र आगो तापेर बसिरहेका बेला शुक्रबार बसन्तलाई ढोका किन्न आएको भन्दै दुई जनाले गोली हानेर फरार भएका थिए । बसन्त नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् । टाउकोमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७