यी देशहरु पुगे यू–१९ विश्वकपको क्वाटरफाइनलमा


१३ माघ २०७६, सोमबार
U19 World Cup 2020 quarterfinals schedule

काठमाडौं, १३ माघ(एजेन्सी) । दक्षिण अफ्रिकामा जारी यू–१९ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । क्वाटर फाइनलमा समुहबाट भारत र न्यूजिल्याण्ड, समुह ‘बी’बाट वेस्ट इन्डिज र अस्ट्रेलिया, समुह ‘सि’बाट बंगलादेश र पाकिस्तान, समुह ‘डि’बाट अफगानिस्तान र दक्षिण अफ्रिका पुगेका हुन् ।

मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ । विश्व विजेता इंग्ल्यान्डको यू१९ टोली भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

पहिलो पटक विश्वकप जितेको इंल्याण्डको यू–१९ टोली समुह चरणबाटै बाहिरिएको छ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड यू–१९ टोली वेस्ट इन्डिज र अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको हो ।

इंग्ल्यान्डले शनिबार पहिलो पटक विश्वकप खेलेको नाइजेरियालाई ८ विकेटले हराएको थियो ।
शनिबार भएको समुह ‘ए ‘को खेलमा श्रीलंकाले पहिलो पटक विश्वकप खेलेको जापनलाई ९ विकेटले पराजित गर्यो । जापानले प्रस्तुत गरेको ४४ रनको सामान्य लक्ष्य श्रीलंकाले ८.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको थियो ।


समुह ‘सी’ को खेलमा शनिबार जिम्बावेले स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्यो । समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई डकवर्थ लेविस पद्धतीको आधारमा २३ रनले हराउँदै दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा स्थान पक्का गर्याे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७