अमेरिकीहरू सवार विमान तालिवानी समूहले खसाल्दियो


१४ माघ २०७६, मंगलवार
afagan plane crash Y1RmigzgJP

काठमाडौं, १३ माघ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् ।

तालिवान समूहले विमान खसालेको दावी गरेको छ । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन् तर यसलाई पुष्टि गर्ने आधारहरू अझै फेला नपरेका उनीहरूले बताएका छन् ।

‘स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,’ प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । तालिवान विद्रोहीको प्रभाव क्षेत्र गजनी राज्यका गभर्नरले विमान दुर्घटना भएको तर यसबारे बिस्तृत विवरणहरू आउन नसकेको बताएका छन् ।

गभर्नर वाहिदुल्ला कालिमजाईले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको उद्धारमा पुगेका अधिकारीहरूले आफूलाई बताएको तर तर यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको सूचना प्राप्त भएको छ ।’

उनले उक्तस्थानलाई सुरक्षा दिन सुरक्षाकर्मीहरू सोदुकिलतर्फ गइसकेको बताए । विमानमा कति जना सवार रहेका थिए भन्ने कुरा पनि खुल्न सकेको छैन । गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ ।

सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको बताइए पनि उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।

यसैबीच अफगानी तालिवान समूहले विमान आफूहरूले खसालेको दावी गरेको छ । ‘अमेरिकीहरू सवार उक्त विमान गजनीमा खसालिएको छ,’ जाविहुल्ला मुजाहिदले पास्तो भाषामा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विमानमा सवार सबैजनाको मृत्यु भएको दावी गरिएको छ । यसबारे अफगानिस्तानमा तैनाद नेटो सैनिकको आधिकारिक प्रतिक्रिया आइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७