प्रभु बैंकको नयाँ प्रोडक्ट ‘वैदेशिक रोजगारी कर्जा’ संचालनमा


१६ माघ २०७६, बिहीबार
IMG 20200130 124955 Vw1fS8unaL

काठमाडौं,१६ माघ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रोडक्ट सूरु गरेको छ ।


प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न। २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन ।


प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहुँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७