प्रदर्शनमा उत्रिएका ११ साउदी राजकुमार पक्राउ
साउदी सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सेवा सुविधामा कटौतीको घोषणाविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना साउदी राजकुमार पक्राउ परेका छन् । आफूहरुलाई उपलब्ध गराउँदै आएको सरकारी सुविधा खोसिएको भन्दै उनीहरुले राजधानी रियादमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
उनीहरुले आफ्ना आफन्तलाई दिने भनिएको मृत्युदण्डको सजायको निर्णय फिर्ता समेत साउदी सरकारलाई माग गरेका छन् । साउदी अरब सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण राजकुमारहरुको सुविधामा कटौती गर्नुपरेको बताउँदै आएको छ । पक्राउ परेकामाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरेको आरोपमा कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी त्यहाँको सरकारले गरेको उल्लेख छ । एजेन्सी