चीनको वुहानमा जन्मिएका शिशुमा ३० घण्टापछि कोरोनाको सङ्क्रमण


२३ माघ २०७६, बिहीबार
sisu

काठमाण्डौ, २३ माघ । चीनमा भर्खरै जन्मिएको शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पहिलोपल्ट कोरोनाको बिरामी भेटिएको वुहानमा जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएको हो । शिशुको आमा कोरोना सङ्क्रमित भए पनि शिशुमा कसरी सङ्क्रमित सरेको हो भन्ने बारेमा खुलेको छैन ।

उनी अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएको बीबीसीले जनाएको छ । जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको खबरमा उल्लेख छ । ती शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।

गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएको अनुमान गरिएको छ । तर आमा कोरोना सङ्क्रमित भएकाले जन्मिएपछि आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोनाका कारण चीनमा अहिलेसम्म ५ सय ६३ जनाको ज्यान गैसकेको छ भने २८ हजार १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७