नेपालले अमेरिकालाई हराउँदै लिगमा खाता खोल्यो, कुशलले बनाए विश्व कीर्तिमान


२५ माघ २०७६, शनिबार
nepal cricket 1

काठमाडौ, २५ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई  ३५ रनले पराजित गरको छ । शनिवार नेपालले  अमेरिकालाई हराउँदै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो । 

नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ४४.१ ओभरमा अलआउट हुँदै १५५ रन मात्र बनाउन सक्यो । जितसँगै नेपालले लिगमा खाता खोलेको छ । नेपालले २ दुई खेलबाट २ दुई अंक ल्याउँदै छैटौ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिका १० खेलमा १२ अंक रहेको छ । 

अमेरिकाका लागि अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिए । एक समय नेपाललाई दबाबमा राखेका होल्यान्डलाई ४१ औं ओभरको चौथो बलमा करण केसीले कट विहान्ड निकाल्दै विनोद भण्डारीबाट क्याच गराएपछि नेपालको जित पक्का गरेकाे थियाे ।

स्पिनर सन्दीप लामिछानेले दोेस्रो चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । त्यसपछि पाँचाै बलमा करणले जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए ।

चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरेपछि अमेरिका १३-४ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसपछि स्पिनर सुशन भारीले अमेरिका मध्यक्रम धरासय बनाए । उनले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै फराकिलो जिततर्फ बढाए ।

सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर ठूलो सट खेल्नेम्रममा फ्रष्ट स्लिपमा रहेका पारसले एक हातले उत्कृष्ट क्याच लिदै १० रनमा पेभिलिएन फर्काएका छन् । २२ औं ओभरको पहिलो बलमा कुशलले एल्मोर हुचेन्सनलाई ३ रनमा बोल्ड आउट गर्दै आफ्नो ओडीआई पहिलो विकेट हात पारे ।

तल्लोक्रममा इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । तर सुशनले क्यामरनलाई १९ रनमा विनोदबाट क्याच गराउदै नेपाललाई खेलमा फर्काए । रस्टी थेरन र सौरभ नेत्रवालकरले रन जोडे ।

नेपालका लागि स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडन राखेर रन खर्चेर १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । नेपालको शुरुआत राम्रो रहेन् । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए । अमेरिका कप्तान सौरभ नेत्रवलकारको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै २ रनमा पेभिलिएन फर्किदा नेपाल ४९.५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी तल्लोक्रममा २१ बलमा २ चौका प्रहार गर्दै १२ रनमा क्याच आउट भए ।

नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्ध शतकीय इनिङ खेले । विनोद भण्डारी ७९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५९ रनको महत्वपूर्ण योगदान दिए । विनोदले ६२ बलमा आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोदलाई रस्टी थेरनले विकेटकिपर अक्षय होमराजबाट क्याच गराए ।

छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए । उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यो सँगै कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए ।

सन्दीप लामिछाने ठूलोसट खेल्नेक्रममा शून्यमा क्याच आउट भए । तल्लोक्रमा सुशन भारी ११ र अभिनाश बोहराले ५ रन जोडे ।

अमेरिका क्यामरन स्टिभेन्सनले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कप्तान सौरभ नेत्रवलकारले १० ओभरमा २ मेडन राखेर २८ रन खर्चिदै २ विकेट लिए । रस्टी थेरन २, करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनको नाममा १–१ विकेट रह्यो ।

डेब्युमा ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान
नेपाली खेलाडी कुशल मल्ल एकदिवसिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् ।

कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै उनले ओडिआईमा डेब्यू गरेका थिए । अमेरिकाविरुद्ध उनले ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए ।

अलराउण्डर कुशलले बलिङ तर्फ १० ओभरमा १ मेडन राखेर रन खर्चेर १ विकेट समेत लिए ।

गत वर्ष युनाइटेड अरब इमिरेट्स यूएईसँगको शृङ्खलामा यसअघि यस कीर्तिमान यसअघि नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए । जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए ।

उनले सन २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए । बन्द प्रशिक्षणमा राम्रो गरेका कुशल अमेरिकासँगको महत्त्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।

नेपालले खाता खाेल्याे 

जितसँगै नेपालले विश्वकप लिग–२  लिगमा खाता खोलेको छ । नेपालले २ दुई खेलबाट २ दुई अंकका साथ छैटौ स्थानमा छ ।  १० खेलमा १२ अंकसहित  अमेरिका शीर्ष स्थानमा छ । 

यस सिरिजमा पहिलाे खेलमा नेपाल र अमेरिका दुबैलार्इ हराएकाे अाेमान अाठ खेलमा ६ जितसहित १३ अंक नै जोड्दै दाेस्राे स्थानमा छ ।

त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । भने सात अंक रहेको युएई पाँचौ र अंकविहीन रहेको पपुवा न्युगिनी साताैँ स्थानमा छ। ।

२०२२ सम्म चल्ने यो प्रतियोगिताको शीर्ष ३ मा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७