सुसन भारीले लिए ओमानको दोस्रो विकेट


२६ माघ २०७६, आईतवार
susahan bhari

काठमाडौं, २६ माघ । नेपालका लागि सुसन भारीले ओमानको दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा उनले दोस्रो विकेट लिएका हुन् ।

१८.५ ओभरमा उनले खबर अलीलाई ४१ रनमा बोल्ड आउट गरे । २२ ओभरको खेल सकिएको छ । ओमानले २ विकेट गुमाएर ९७ रन बनाएको छ । उनी ओमानका कप्तान समेत हुन् ।
पहिलो ब्याटिङ गरेको नेपालले २५० रनको लक्ष्य दिएको छ ।

नेपालका लागि पहिलो विकेट युवा अलराउण्डर कुशल मल्लले नेपालाई पहिलो सफलता दिलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७