टिका प्रसाई र लेखराज गुरुङको स्वरमा कार्टुन क्रुको अभिनय ‘नसकिने भो’ नयाँ (भिडियो)


२८ माघ २०७६, मंगलवार
mm 1

काठमाडौं, २८ माघ । गायिका टिका प्रसाई र गायक लेखराज गुरुङको स्वरमा रहेको ‘नसकिने भो’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द र संगीतमा गायीका आफ्नै रहेको छ । उक्त गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् । कार्टुन क्रुका सरोज अधिकारि, आस्मा विश्वकर्मा लगाएतका कलाकारहरु र बाल कलाकार संस्कार गुरुङ र आशिना भट्राइले अभिनय गरेको उक्त भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् ।

टिकाको नाइ मलाई थाहा छैन, माया लुकीलुकी, कर्के नजर लगायतका गीत निकै हिट भएका छन् । गायक लेखराजको भने यो पहिलो म्युजिक भिडियो रहेकोले निकै उत्साहित रहेको गायक बताउछन् ।
गायक तथा गायीका रिल लाईफमा मात्र नभएर रियल लाइफमा पनि जोडि हुन् । अन्य गीतहरुलाई जस्तै यस गीतलाइ पनि दर्शक स्रोताले मन पराइ दिनुहुनेछ भन्ने आसा लिएको छु गायीका टिका बताउछिन् । भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७