नेपाल लाइफको बीमा शुल्क ७८ प्रतिशतले बढ्यो, सिञ्चित बीमा १ खर्ब ५ अर्ब


२८ माघ २०७६, मंगलवार
CEO Vivek Jha 1 4

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्कलाई ७८ प्रतिशतले बढाएको छ । नेपाल लाइफले अघिल्लो वर्षको पुससम्म ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यो आकारलाई यो वर्ष १४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको हो । यो बीमाशुल्क आर्जनसँगै नेपाल लाइफको हालसम्मको कुल बीमाशुल्क १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।


५ अर्ब ४९ करोड चुक्तापुँजी भएको इन्स्योरेन्ससँग अहिले २ अर्ब ६१ करोडको जगेडा कोष, ७७ अर्ब ५९ करोडको जीवनबीमा कोष र ४७ करोडको महाविपत्ति कोष छ । इन्स्योरेन्सले ६ महिनामा करिब ४६ करोड ९१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।


नेपाल लाइफको खुद नाफा भने ३५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको सोही अवधिको नाफा भन्दा २५ प्रतिशतले बढी हो । तर यो नाफा बीमांकीय मूल्याङ्कन अघिको भएकोले यसले ठूलो अर्थ भने राख्दैन ।


हालसम्म १२ लाख ५८ हजार बीमालेख बिक्री गरेको नेपाल लाइफले ६ महिनाको अवधिमा २१ हजार ३ सय ४७ जनालाई मात्रै ३ अर्ब १९ करोडको दाबी भुक्तानी गरको छ । उक्त इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७