बालयौन दुराचार आरोपी शिक्षकलाई पाँच दिन म्याद थप


९ फाल्गुन २०७६, शुक्रबार
Rape for nayapage

ललितपुर, ९ फागुन । बालयौन दुराचार आरोपमा पक्राउ परेका शिक्षक नन्दप्रसाद निरौलालाई ललितपुर जिल्ला अदालतले पाँचदिन थुनामा राख्न म्याद थप गरेको छ ।

बालयौन दुरचार गरेको भन्दै निरौलाविरुद्ध बुधबार प्रहरीमा उजुरी परेको थियो । अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माका अनुसार अदालतको अनुमतिअनुसार अनुसन्धान सुरु गरिएको छ । आरोपी निरौलाको कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद सजाय हुन सक्ने शर्माले बताए ।

महालक्ष्मी नगरपालिका–७ स्थित चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरूले १ फागुनमा विद्यालयकी प्रधानाध्यापक सबिता सिलवाललाई ‘केटीहरूमाथि अन्याय भयो’ भन्दै छानबिनका लागि निवेदन दिएका थिए ।

गत शुक्रबार घटना सार्वजनिक भएपछि प्रहरी तत्कालै विद्यालयमा पुगेर आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको थियो ।

नारायण आधारभूत विद्यालयको कक्षा ३, ४ र ५ मा पढ्ने छात्राहरूले शिक्षक निरौलाले केटीहरूको ढाडमा सुम्सुम्याउने, छातीतिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने गरेको भन्दै निवेदन दिएका थिए ।

निवेदनमा भनिएको छ, ‘हामी यस्तो अत्याचार सहन सक्दैनौँ, नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले छानबिन गरिदिन अनुरोध गर्दर्छौँ ।’ यौन दुरचार आरोपित शिक्षक नन्दप्रसाद निरौला त्यसै विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउथे ।

गत शुक्रबार घटना सार्वजनिक भएपछि प्रहरी तत्कालै विद्यालयमा पुगेर आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको थियो । गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेपछि हाजिरी जमानीमा प्रहरीले निरौलालाई छोडेको थियो ।

हाजिरी जमानीमा आएका आरोपितलाई सोमबार पुनः हिरासतमा राखिएको हो । आरोपी शिक्षकविरुद्ध विद्यालयकी प्रधानाध्यापक सविता सिलवालले बुधबार निवेदन दिएकी थिइन् । निवेदन परेपछि भने प्रहरीलाई मुद्दा चलाउन सहज भएको शर्माले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७