सिटिजन्स बैंकद्वारा बर्दिवासको राष्ट्रिय आधारभूत विद्यालयलाई आर्थिक सहयोग


१५ फाल्गुन २०७६, बिहीबार
citizen bank csr oGXWvdrJM3

काठमाडौं, १५फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका वार्ड नं ३ भब्सी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।


विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिव ५ कि।मी। उत्तरतपÞर्m अवस्थित यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ ।


सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ ।


नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विद्यालयले जनाएको छ ।


अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७