प्रदेश नं. १ काे नामाकरण किरात प्रदेश नभए आन्दोलन गरौंः डा. बाबुराम भट्टराई


१५ फाल्गुन २०७६, बिहीबार
baburam and kiraya

ललितपुर, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष  डा. बाबुराम भट्टराईले प्रदेश नं. १ को नाम किरात प्रदेश नराखे आन्दोलन गर्न सुझाव दिएका छन् । 

बिहिबार प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नका लागि पहल गरिदिन माग गर्दे ज्ञापनपत्र बुझाउन पुगको किरात राई यायोक्खाको टोलीलाई आन्दोलन गर्न आफुले पनि सघाउने बताउँदै यदी किरात प्रदेश नामाकरण नगरिए आन्दोलन गर्न सुझाव दिएका हुन् ।

ज्ञापनपत्र बुझेपछि नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई पनि आफुलाई जसरी मनाउन प्रयास गर्न सुझाव दिए । उनले भने,‘ किरात प्रदेश नामाकरण नगरिए तपाईहरु आन्दोलन नै गर्नुहोस, म जहाँ बोलाउनुहुन्छ त्यही आउँछु । अन्तिममा नमान्ने केपी ओलीजी नै हो । उहाँलाई पनि कन्भिन्स गर्नुभो भने हुन्छ भएन भने आन्दोलनको विकल्प छैन ।’

उनले पहिचान स्थापित गर्नका लागि आफूले कम्युनिष्ट पार्टी छोडेको समेत बताए । उनले किरात जातीयता नभएर नेपालको राष्ट्रियता भएको बताए ।

यायोक्खाका अध्यक्ष दिवस राईको नेतृत्वको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । यायोक्खा अध्यक्ष दिवस राईको नेतृत्वमा उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई, उपमहासचिव भिम राई, यायोक्खाका पूर्वउपाध्यक्ष तथा समाजवादीका नेता चन्द्रविक्रम राई, यायोक्खाका केन्द्रीय सदस्य किवाङ हाङ राई, मणिकुमार राईलगायतले समाजवादी पार्टी कार्यालय बालकुमारीमा भट्टराईलाई भेटेका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७