ट्रम्पका विश्वासिला सहयोगीले दिए ब्राइटबार्टबाट राजीनामा


२६ पुष २०७४, बुधबार
trump 1

बीबीसी: राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफूले प्रतिष्ठा हासिल गरेको दक्षिणपन्थी झुकाव भएको समाचार संस्था ब्राइटबार्टबाट राजीनामा दिएका छन्।trump 1

ट्रम्पबारे आएको नयाँ किताबमा ब्याननले गरेको आलोचनात्मक टिप्पणीले जन्माएको विवादपछि उनले राजीनामा दिएका हुन्। सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पका छोरा डोनल्ड जुनिअरले एकजना रुसी वकिलसँग न्यूयोर्कमा भेटघाट गर्नुलाई ब्याननले उनकै शब्दमा देशद्रोही कार्यको रुपमा व्याख्या गरेका थिए।

ब्यानन ट्रम्पका सबैभन्दा विश्वासिला र विवादास्पद सहयोगीमध्येका एक थिए। तर उनले ह्वाइट हाउसका कर्मचारीबीच भएको शक्ति संघर्षसम्बन्धी विवरणका माझ गत वर्ष आफ्नो पदबाट राजीनामा दिएका थिए।

गत आइतवार ब्याननले माइकल वूल्फको फायर एण्ड फ्युरी भन्ने पुस्तकमा आफूले देशद्रोही भनी गरेको टिप्पणी ट्रम्पका छोराप्रति लक्षित नभएको बताएका थिए। उनले उक्त टिप्पणी ट्रम्प टावरमा भएको भेटमा उपस्थित ट्रम्पका अर्का सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए।

बीबीसी संवाददाता एन्थनी जर्करले भने, पाँच महिनामात्रै अघि उनी ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार थिए। राष्ट्रपतीय चुनावको अभियानका क्रममा र ट्रम्प प्रशासनको शुरुका दिनमा पनि उनी निकै प्रभावशाली थिए। तर अहिले उनी बेरोजगार भएका छन्।

सिनेट, हाउस अफ रेप्रेजेन्टेटिभ र एउटा विशेष समितिले अमेरिकी राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्। उक्त आरोपलाई क्रेम्लिन र ट्रम्प दुवैले अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७