दार्जिलिङका पि. छिरिङ सहयोगी लिएर अजयकुमार नेपालको ‘र’ प्रमुख भएर आउदै


२६ पुष २०७४, बुधबार
indian embassy

काठमाडौं : नेपालप्रतिको भारतीय हेराई यहाँको परिवर्तित राजनीतिक परिस्थितिअनुकूल हुने गरी तय गर्नलाई हुनसक्छ, प्रधानमन्त्री नरेन्द्र मोदीको वरिपरि गुप्तचर संस्थाबाट भूपू भएका मान्छेले भरिभराऊ पारिएको छ ।

indian embassy

इन्टिलिजेन्स ब्यूरोका पूर्व निर्देशक अजित दोभाललाई मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका मोदीले अहिले फेरि ‘र’ पूर्वप्रमुख राजेन्दर खन्नालाई डेपुटी नेशनल सेक्युरिटी एडभाइजर बनाएका छन् । नेपाल, बंगलादेशजस्ता निकटस्थ छिमेक हेर्ने गरी एबी माथुरलाई पनि यस्तै काममा खटाएका छन् । जो ‘र’ कै पूर्व सेकेण्डम्यान हुन् । छिमेकी मुलुकलाई ‘र’का मान्छेले हेर्ने गरी राखेपछि सुरक्षाका विषयमा संसदलगायत कतै जवाफ दिइरहनु पनि परेन ।

नेपालमै पनि ‘र’को चिफ तोकिएका विवेक जोहरी कार्यकाल सिध्याएर आजभोलि फर्किंदैछन् । उनलाई बदली गर्न अजयकुमार (एके) हल्दर काठमाडौं आउने क्रममा छन् । उनको सहायकका रुपमा दार्जिलिङका बासिन्दा पि. छिरिङलाई खटाइएको छ । काठमाडौंस्थित दूतावासको संरचनालाई पनि भारतले व्यक्तिगत हैन, संरचनागत रुपमा हेरफेर गर्दैछ । राजनीतिक र प्रशासनिक दुवै ज्ञान नभएका मानिसहरुले दूतावास भर्न खोजिँदै छ । राजदूतपछि दोस्रो वरियताको डिसिएम पदमा चार महिना पहिले विनयकुमार थिए । उनी गएपछि डा. अजयकुमारलाई काममा लगाइयो ।

अजय ०७२ को महाभूकम्पपछि पुनर्निमाण परियोजना हेर्ने गरी तोकिएका व्यक्ति हुन् । पोलिटिकल मामिला गोपालकृष्णन्ले हेर्दै थिए । उनको तीन वर्षे कार्यकाल स्थानीय निर्वाचनअघि नै सकिएको हो । अमेरिकी राजधानी वासिङ्गटन डिसीमा सरुवा भएर पनि तीन महिनादेखि नेपाल बस्दै आएका उनले गत शनिबारमात्र काठमाडौं छाडेका हुन् । अर्थात्, नेपालको राजनीतिलाई नियाल्नका लागि चाहिने मान्छे नयाँ ल्याइएको छैन । यसबाट बुझ्न सकिन्छ, भारतले छिमेकका हकमा मिहिन ढंगले हेर्ने मानिस पठाउन खोज्दैछ ।
जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७