रावाडा बने नम्बर एक टेष्ट बलर


२६ पुष २०७४, बुधबार
युवा स्टार कागिसो रावाडा

काठमाडौं: दक्षिण अफ्रिकी क्रिकेट टोलीका युवा स्टार कागिसो रावाडा टेष्ट बरियातामा नम्बर १ बलर बनेका छन् । हालै सम्पन्न भारतबिरुद्धको पहिलो टेष्टमा टिमलाई ७२ रनको जित दिलाउन महत्वपूर्ण भूमिका खेलाका रावाडा आईसीसीको टेष्ट र्‍याङकिङमा शीर्ष स्थानमा उक्लिएका हुन् ।युवा स्टार कागिसो रावाडा

सन् २०१४ मा दक्षिण अफ्रिकाले यू( १९ विश्वकप जित्दाका स्टार रावाडाले भारतबिरुद्ध पहिलो इनिङमा ३र३४ र दोस्रो इनिङमा २र४१ को आँकडामा बलिङ गरेका थिए ।यो प्रदर्शनले उनको ५ अंक थपिएको छ र इंग्लिस बलर जेम्स एण्डरसनलाई पनि पार्दै रावाडा शीर्ष स्थानमा पुगेका छन् ।

‘संसारकै नम्बर एक बलरको रुपमा रहन पाउँदा निक्कै आनन्दित भएको छु, क्रिकेट खेल्न सुरु गर्दादेखि नै हरेकको सपना यही हुन्छ, जुन मेरो अहिले पूरा भयो ।’ खुसी हुँदै रावाडाले प्रतिक्रिया दिए ।‘क्रिकेट एउटा टिम गेम हो र म आफ्ना टिममेटप्रति आभारी छु । यो एक टिमका लागि वर्षको सुरुआत हो र आशा गर्छु कि हामी यस्तै प्रदर्शनलाई वर्षभरी जारी राखौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७