सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द


२९ फाल्गुन २०७६, बिहीबार
butwal palpa road flood blocked

बुटवल, २९ फागुन । सडक स्तरोन्नतिका लागि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्ड आउँदो चैत १ गतेदेखि दैनिक आठ घण्टा बन्द गरिने भएको छ ।

सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा आवागमन रोक्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।

डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् ।

घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो । राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ ।
जोखिमपूर्ण घुम्ती व्यवस्थापनका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।

यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७