पत्रकार महासंघ जापान शाखाको स्थापना दिवस


१ चैत्र २०७६, शनिबार
FNJ Japan scaled

टोकियो, १ चैत :  नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो स्थापना दिवस मनाएको छ । शाखाले शुक्रवार जापानको टोकियोमा सञ्चारकर्मीहरु बीचमा शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको सभापतित्व तथा सल्लाहकार भूषण घिमिरेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अन्य सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु र सञ्चारकर्मीरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मतव्य राख्दै प्रमुख अतिथि घिमिरेले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएको बताए । उनले सबै पुस्ताले यसको बिकास र बिस्तारको लागि टेवा दिएको बताए ।  स्थापनाकालदेखि हालसम्म महासंघको विभिन्न पदमा रहेर तथा नरहेर पनि महासंघको निरन्तरताका लागि उल्लेखनीय टेवा पुर्याउँदै आएका घिमिरेले सम्पूर्ण अग्रज तथा संस्थापकहरुको स्मरण गरे ।

अग्रज पत्रकार दिनेश थपलियाले प्रवाशमा पनि महासंघले सबै पत्रकारहरुलाई भेटघाट, वैचारिक छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको बताए । उनले पहिलो पुस्ताको योगदानलाई मनन् गर्दै अब आउने नयाँ पुस्ताले महासंघलाई थप उचाईमा लैजानु पर्ने बताए ।

अध्यक्ष घलेले महासंघले जापानबासी नेपालीहरूलाई सहि सुचना प्रदान गर्दै जापानमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास एवं पेशागत सुरक्षा तथा आर्थिक विकासमा टेवा पुग्ने योजनाहरु सहित अगाडी बढ्ने बताए ।

उनले जापानको व्यस्थतामा पनि संचारकर्मबाट नेपाली समुदायलाई सुसुचित गराउने कर्ममा निरन्तर खट्टिईरहने सम्पूर्ण क्रियाशिल संचारकर्मीहरु,महासंघका स्थापानाकालदेखिका अग्रजहरु संचारकर्मीहरु तथा नेपाल पत्रकार महासंघका सम्पूर्ण शुभचिन्तकहरुप्रति स्थापना दिवसको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गरे।

कार्यक्रम महासंघका कोषाध्यक्ष आनन्द कोईरालाले गरेका थिए भने उपाध्यक्ष पूर्ण चलाउनेले स्वागत मतब्य राखेको थिए । विश्वमा महामारी फैलाईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै, केहि सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र स्थापना दिवस मनाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७