सतुंगलबाट साढे आठ लाख थान मास्कसहित दुई जना पक्राउ


३ चैत्र २०७६, सोमबार
Mask 1

काठमाडौं, ३ चैत । विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिइरहेका बेला सहयोग र सद्भाव दर्शाउनुको सट्टा बजारमा कालोबजारी फैलाउनेविरुद्ध सरकार कडा रुपमा उत्रिन थालेको छ ।

कोरोना भाइरसको त्रासका बेला मौका छोपेर व्यवसायमा कालोबजारी नगर्न गरिएको पटक–पटकको आग्रहलाई व्यापारीहरुले बेवास्ता गर्दै कालोबजारीलाई निरन्तरता दिइरहेको पाइएपछि सरकार कडा रुपमा उत्रिएको हो ।

प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७