अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई ‘चाइनिज भाइरस’ भनेपछि विश्वभर आलोचना


४ चैत्र २०७६, मंगलवार
trump

काठमाडौं, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।

मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’

trupm tweet

ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उक्त ट्वीट जातिवादी भएको भन्दै ट्रम्पको विश्वभरबाट आलोचना शुरु भएको हो । ट्रम्पले यसअघि कोरोना भाइरसलाई विदेशी भाइरसको संज्ञा दिएका थिए ।

कोरोना भाइरस चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलो पटक देखिएको थियो । हालसम्म यस भाइरसका कारण १ लाख ८२ हजार ७२५ संक्रमित बनिसकेका छन् । यसका कारण ७ हजार १७४ को मृत्यु भइसकेको छ ।

यो भाइरस विश्वका १५० बढी मुलुकमा फैलिसकेको छ । पछिल्लो समय युरोपमा यस भाइरस सक्रिय छ । अमेरिकामा पनि कोरोनाका कारण ९३ जनाको मृत्यु भएको छ भने ४ हजार ७२७ संक्रमित छन् । सन् २०१८ यता अमेरिका र चीन व्यापार युद्धमा होमिएका छन् । ट्रम्पको पछिल्लो ट्वीटले दुवै राष्ट्रको सम्बन्धमा थप तनाव उत्पन्न हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७