कोरोनाको भिषण मारमा इटाली, एकै दिन थप ४७५ को गयो ज्यान

१७३ देशमा दुई लाख बढीमा कोरोना संक्रमण, ८४ हजार बढी उपचारपछि घर फर्किए


६ चैत्र २०७६, बिहीबार
Corona in italy tqve1Hmr4f

काठमाडौं, ६ चैत । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणले अहिले युरोपलाई आक्रान्त बनाएको छ ।

युरोपियन देशहरुमध्ये पनि कोरोनाको भिषण मारमा इटाली परेको छ । पछिल्लो २४ घण्टामै इटलीमा थप ४७५ जनाको ज्यान गएसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ९७८ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनमा अहिलेसम्म सबैभन्दा धेरै तीन हजार २३७ जनाको ज्यान गएको छ ।

कोरोना भाइरस सङ्क्रमित भएका झण्डै साढे ८४ हजार मानिस उपचारपछि निको भएका छन् ।
अहिलेसम्म विश्वका १७३ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय क्रुज शिपमा फैलिएको कोरोनाका कारण दुई लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये झण्डै साढे ८४ हजार तीन ३८६ जना उपचारपछि निको भएका हुन् ।

सङ्क्रमितमध्ये एक लाख २५ हजार ३६० जनाले उपचार गराइरहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म आठ हजार ९४४ जनाको ज्यान गएको छ ।

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्यता पाएका राष्ट्रबाट पुग्ने सबै नागरिकलाई फर्काउन थालेको छ । २७ वटा देशले ३० दिने प्रतिबन्ध कार्यान्वयनको लागि विमानस्थल पुगेकाहरुलाई पनि फर्काउन थालेको बीबीसीले जनाएको छ ।

यस्तै अमेरिका र क्यानाडाले पनि आफ्नो सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । कोरोना सर्ने जोखिम रहेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच व्यापारमा कुनै असर नपर्ने गरी दुई देशको सीमा बन्द गर्ने सहमति भएको हो ।

यसैगरी बेलायतले पनि शुक्रबार देखि अनिश्चितकालको लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७