सबै कार्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न निर्देशन


७ चैत्र २०७६, शुक्रबार
उद्धव ठाकरे

मुम्बई, ७ चैत (एएनआई)। भारतका केही ठाउँमा सबै कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक बाहेकका पसलहरु र कार्यालयहरु बन्द गर्ने घोषणा गरेको हो ।

उनले महाराष्ट्र अन्तर्गत पर्ने मुख्य सहरहरु मुम्बई, पुने र नागपुरका पसल तथा कार्यालयहरु यही मार्च ३१ सम्म बन्द गराइने जानकारी दिए ।

राज्यका नाममा गरेको सम्बोधनका क्रममा मुख्यमन्त्री ठाकरेले सार्जजनिक यातायात र अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु भने सञ्चालन हुन दिइने निर्णय भएको बताए ।

उनले भने, “यो सार्वजनिक बिदा होइन तर भीडभाड पनि नगरिदिनु होला ।” स्वास्थ्य मन्त्री राजेश टोपले यस प्रदेशमा शुक्रबारसम्म ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरे ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिलेसम्म २०६ जना कोरोना सङ्क्रमण भेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७