सिंगापुरबाट आएको विमान इन्धन सकियो भन्दै जबरजस्ती अवतरण गरेपछि विमानस्थलमा तनाव


८ चैत्र २०७६, शनिबार
Silk air
फाइल तस्बिर

काठमाडौं, ८ चैत : सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तनाव भएको छ । विमानस्थलले अवतरण नगर्न भन्दा-भन्दै इन्धन सकिएको कारण देखाएर अवतरण गराएपछि तनाव भएको हो ।

विमान शनिबार राति करिब साढे ८ बजे अवतरण गरेको थियो । विमान अवतरण गरेपनि यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन रोक लगाइएको छ ।

सिल्क एयरमा रहेका नेपाली नागरिकलाई ओरालेर विदेशी नागरिकलाई फिर्ता पठाउने तयारी भइरहे पनि अन्तिम टुंगो लागेको छैन । विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने छ ।

विमानस्थलमा नेदरल्यान्डसलगायतका देशका यात्रु रहेको पाइएपछि नेपाली यात्रुलाई ओरालेर बाँकी विदेशी नागरिकलाई फिर्ता पठाउन लागिएको हो । सोही हवाई जहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका छन् ।

विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने पनि विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

सरकारले शुक्रबार राति १२ बजेपछि  युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो। सरकारले भोलिबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७