४५ मिनेटमै कोरोनाभाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो


९ चैत्र २०७६, आईतवार
corana v

काठमाडौं, चैत ९ । अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड-१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड-१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो ।
यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ ।


कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ । यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए ।


यसअन्तर्गत ‘ड्राइभ थु्र’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ । सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।

कोरोनाबाट इटलीमा एकै दिन झण्डै ८ सयको मृत्यु

चीनपछि सबै भन्दा बढी युरोपियन मुलुक इटालीलाई आक्रान्त बनाएको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणले अहिले विश्वका १८८ देशलाई नै चिन्तामा पारेको छ ।

संयुक्त राष्ट्रसंघमा सूचीकृत भएका १९५ देशमध्ये अब सात देश मात्र कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन् । तर यी देशमा पनि जुनसुकै बेला कोरोनाको संक्रमण भित्रिन सक्ने जोखिम छ । संयुक्त राष्ट्रसंघमा दर्ता भएका १९५ देशसहित विश्वमा २३० देश रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट इटलीमा एकै दिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।


पछिल्लो २४ घण्टामा थप ७९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको संख्या चार हजार ८२५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकै दिन ६ हजार ५५७ जना नयाँ बिरामी थपिएर इटलीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ । इटालीमा करीब पाँच हजार नेपाली छन् । तर, हालसम्म नेपालीहरु सबै सुरक्षित नै रहेका छन् ।

संक्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

यस्तै स्पेनमा शनिबार एकै दिन २८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ३७८ पुगेको छ । इरानमा पनि एकै दिन १२३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ५५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ११२ जना, बेलायतमा ५६ र अमेरिकामा ४६ जनाले ज्यान गुमाएका छन् । विश्वका १८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा संक्रमण भएको छ ।

संक्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६१४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७