कोरोना विरुद्ध लड्न सरकारलाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग


१० चैत्र २०७६, सोमबार
global ime bank

काठमाडौं,१० चैंत । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु। १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।


कोभिड-१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७