एनसेलको रिचार्जमा ५० प्रतिशत बोनस ब्यालेन्स हुने, सापटी रकममा वृद्धि


१२ चैत्र २०७६, बुधबार
Stay Home Pack

काठमाडौं, चैत १२ । एनसेलले सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ।

ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ। प्रिपेड ग्राहकले १० देखि ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने बताइएको छ।

ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। * १७१२२# पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्छन्।

त्यस्तै, एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ। यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम ४० देखि अधिकतम २०० रुपैयाँ सम्म सापटी लिन सक्छन्।

सम्पर्कमा रहँदा मेन ब्यालेन्स नपुग भएमा ग्राहकले *९९८८# डायल गरी सापटी लिन सक्ने कम्पनीले बताएको छ। त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस पाइने योजना पनि ल्याएको छ। यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्।

प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्नसक्ने जानकारी दिइएको छ। यससँगै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ।

ग्राहकले कर बाहेक मात्र २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन्। यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुने बताइएको छ। ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ।
यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ।

ग्राहकले *१७१२३# डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन्। प्याक अन्तर्गतको डेटा भोलुम सकिएपछि ‘पे एज यु गो’ अनुसारको डेटा शुल्क लाग्नेछ। एनसेलको यो योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहने जनाइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७