एनसेल नेटवर्कको नाम ‘स्टेहोम’


१५ चैत्र २०७६, शनिबार
ncl scaled

काठमाडौं, चैत्र १५ । सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा ३स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ । यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ ।

अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो । स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७