कोरोना त्रासका बीच पनि बेलारुसको घरेलु लिग भने जारी


१७ चैत्र २०७६, सोमबार
belarus

काठमाडौं, १७ चैत । विश्वभर खेलकुदका सम्पूर्ण गतिविधिहरु ठप्प हुँदा युरोपियन मुलुक बेलारुसमा भने घरेलु लिग जारी छ ।

पूर्व सोभियत राष्ट्र बेलारुसमा हिजो र अस्ती त्यहाँको प्रिमियर लिगका पूर्व निर्धारित खेलकरु सम्पन्न भएका छन् । राजधानी मिन्स्का दुई चर्चीत क्लबहरु एफ.सी मिन्स्क र डाईनामो मिन्स्कबिचको डर्बी खेल हेर्न ३ हजार क्षमता भएको रंगशाला भरिएको थियो ।

खेलपछिको अफिसियल म्याच रिपोर्टमा यो खेललाई संभवतः उक्त दिनको पृथ्वीकै एक मात्रै खेल भनिएको थियो ।

विश्वभर फुटबल लिग, ओलम्पिक तथा अन्य ठूला प्रतियोगिताहरु रोकिंदा बेलारुसमा भने कोरोनाभाइरस विरुद्ध खासै गम्भिर र कडा प्रावधान लागु गरिएको छैन ।

जनजीवन सामान्य प्रभावित भएको छ । बेलारुसमा हालसम्म एक सय जना कोरोनाभाईरसका संक्रमतिहरु भेटिएका छन् । तर कसैको पनि मृत्यु भएको छैन ।

राष्ट्रपति अलेक्जेडर लुकासेन्कोले आफ्ना नागरिकलाई ढुक्क भएर नियमित कारवाहीमा लाग्न आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७