नेपालमा स्थानीय संक्रमण पनि देखियो, थप सजग बनौं : स्वास्थ्य मन्त्रालय (भिडियोसहित)


२२ चैत्र २०७६, शनिबार
Bikash devkota

काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा स्थानीय संक्रमण देखिएको जानकारी थप सजग रहन आग्रह गरेको छ ।

शनिबार मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी गराउँदै थप सजग रहनुुपर्ने बताएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका बिरामीको संख्या ९ पुगेको छ ।

उनका अनुसार संक्रमण देखिएका तीन जना सुदूरपश्चिम प्रदेशका हुन् । संक्रमितमध्ये २ जना भारतबाट आएका व्यक्तिमा देखिएको हो । एक जनामा स्थानीय संक्रमण देखिएको हो । धनगढीको सेती अस्पतालमा उपचाररात चौथो संक्रमितको भाउजुलाई कोरोना संक्रमण देखिएको हो ।

उनले लोकल ट्रान्समिसन भएको र संक्रमणको दोस्रो चरणमा पुगेकाले सावधानी बढाउनु पर्ने देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनले भने,‘ संक्रमित एक जना महिला, उहाँ संक्रमित व्यक्तिको परिवारको सदस्य हुनुहुन्छ, यो सक्रमणसँगै हामी संक्रमणकाे दोस्रो चरणमा प्रवेश गरेका छाैं । यसअघि बाहिरबाट आएका व्यक्तिहरुमा मात्र देखिरहेको थियो, यसलाई लोकल ट्रान्समिसन भनिन्छ,  यसले क्वारेन्टाइन पनि सावधानी पुर्वक बस्नुपर्छ भन्ने देखाउँछ,  राेकथाम गर्न हामी थप सजग बन्नुपर्छ । ’


यस्तै दुई जना भने भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। कैलालीका २१ वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षीय अर्को पुरुषमा कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएकामध्ये कैलालीका पुरुष मुम्बईबाट र कञ्चनपुरका ४१ वर्षिय पुरुष भारतको उत्तराखण्डबाट नेपाल आएका हुन्। उनीहरु क्वारेन्टाइनमा नै रहेको अवस्थामा संक्रमण देखिएको हो । उनीहरुलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको डा देवकोटाले जानकारी दिए । कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको छ ।

यस्तै उनले राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा १४४१ परिक्षण भएको जानकारी दिए । उपत्यका बाहिर ६ ठाउँमा  परिक्षण भइरहेको बताए ।

 उनले भने,’उपत्यका बाहिर धरान, पोखरा धनगढी, सुर्खेत, जनकपुर परिक्षण भइरहेको छ, चितवन र बुटबलमा जडान कार्य भइरहेको छ, भोलीबाट परिक्षण सुरू हुन्छ ।’

यसैगरी उनले ६९ जना आइसोलेसनमा रहेकाे बताए । जसमा उपत्यकामा १५ जना बाहिर ५४ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७