धनाढ्यलाई कोरोनाको छुट्टै मार : फोर्ब्सको सूचीबाट २२६ धनाढ्य ‘आउट’, मुकेश अम्बानी २१ औं स्थानमा झरे


२८ चैत्र २०७६, शुक्रबार
mukesh ambani

काठमाडौं, २८ चैत । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइसरको महामारीले विश्वभर झण्डै एक लाखको ज्यान गइसकेको छ ।

कोरोना भाइरसले जनसँगै विश्वमा ठूलो धनराशी समेत क्षति गराएको छ । अहिले सामान्य मानिसलाई कोरोनाबाट बच्दै गाँस जोहो गर्ने चिन्ता छ । तर, विश्वका धनाढ्यलाई कोरोनाले अर्को पनि मार पारेको छ ।

त्यो हो–आर्थिक हैसियत । कोरोनाको कहरबाट संसारका अर्बपति पनि बच्न सकेका छैनन् । बिहीबार जारी फोर्ब्स २०२० को सूची अनुसार १८ मार्चको सूचीलाई अन्तिम रुप दिने बेलासम्म यसमा २ हजार ९५ अर्बपति अटाएका थिए ।

यो आँकडामा एक वर्षअघिको तुलनामा ५८ धनाढ्य कम छन् । यता १२ दिनअघि सूची तयार गर्ने शुरुवाती चरणको तुलनामा अहिले २२६ जना धनाढ्य कम भएका छन् । अर्थात, १२ दिनभित्र २२६ अर्बपतीको सम्पत्ति यति कम भयो कि उनीहरु फोर्ब्सको सूचीमा अट्न सकेनन् ।

सूचीबाट यो पनि खुलासा भएको छ कि यसपटक २ हजार ९५ अर्बपतिमध्ये ५१ प्रतिशत (१,६२) को सम्पत्ति घटेको छ । वर्तमान समयमा अर्बपतिहरुको कूल सम्पत्ति ८ ट्रिलियन डलर छ । यो सन् २०१९ को तुलनामा ७ सय अर्ब डलरको कमी हो ।

कुन अर्बपतिको हालको स्थिति के ?

बिल गेट्स : स्थान बचाए

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स दोस्रो स्थानमै छन् । यद्यपि, उनको सम्पत्ति ९६.७ डलरबाट बढेर ९८ अर्ब डलर पुगेको छ । 

जेफ बेजोस : घट्यो सम्पत्ति
अमेजनका मुख्य कार्यकारी अधिकारी लगातार तेस्रो वर्ष शीर्ष स्थानमा परेका छन् तर उनको सम्पत्ति १८ अर्ब डलर घटेको छ । यो वर्ष उनले श्रीमती म्याकेजीलाई सम्बन्धविच्छेदपछि ३६ अर्ब डलर दिए । उनी यो सूचीमा २२ औं स्थानमा छिन् ।

बर्नार्ड अर्नाल्ट : बफेटभन्दा माथि
गत वर्ष चौथो स्थानमा रहेका बर्नार्डले वारेन बफेटलाई चौथो स्थानमा धकेलेर एक स्थान माथि चढेका छन् । उनको सम्पत्ति न घटेको छ न बढेको छ । यद्यपि, बफेट पहिलो पटक आफ्नो स्थानबाट ओर्लिएका हुन् ।

मुकेश अम्बानी : सम्पत्तिमा कमी

रिलायन्स इन्डष्ट्रिका एमडी गत वर्ष ५० अर्ब डलरसहित १३ औं स्थानमा थिए । जियोको सफलतापश्चात् पनि उनको सम्पत्ति ५.७ अर्ब डलर घटेको छ । यससँगै उनी १३ औं स्थानबाट २१ औं स्थानमा झरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७