कोरोना महामारी : त्रासदीपूर्ण वर्तमान र पीडादायी भबिष्य


३० चैत्र २०७६, आईतवार
dawa lama sherpa 1

– दावा लामा शेर्पा
तीब्र गतिमा विश्वभर फैलिँदै गरेको कोरोना भाइरस यो आलेख तयार पार्दासम्म विश्वका २१० वटा देशका १७ लाख ८० हजार ९०९ मानिस संक्रमित भइसकेका छन् । एक लाख आठ हजार ८५२ जना मानिसको मृत्यु भइसकेको छ । २०१९ को अन्त्यतिर चीनको वुहान शहरलाई इपिसेन्टर बनाएको कोरोना यतिबेला संयुक्त राज्य अमेरिकालाई दोस्रो इपिसेन्टर बनाइरहेको छ ।

युरोपका केही देश र अमेरिकामा यसको प्रकोप यसरी नाटकीय शैलीमा बढ्यो कि यसलाई थेग्न शक्तिशाली देशरुलाई नै निकै हम्मे–हम्मे परेको छ । यो विश्वव्यापी संकटको शुरुवात चीनबाट भए पनि अहिले यसले दुनियाँलाई नराम्रोसँग आक्रान्त बनाएको छ ।

संक्रमणकालको पहिलो अवस्थामा चीन रहँदा विश्वका सर्वशक्तिमान भन्ने देश र त्यहाँका नेताले भाइरस नियन्त्रण तथा रोकथामका लागि उद्दारता र सहकार्य छाडेर वुहानमा रहेका आफ्ना कुटनीतिक नियोगका सबै कर्मचारी चीनबाट फिर्ता बोलाएर संसारसामु आफ्नो अह्मता पस्किए ।
विश्वमा आफूलाई सर्वशक्तिमान बनाउने होडमा रहेको चीन र महाशक्ति भनिएको अमेरिका सँगै अमेरिकी लहडमा लागेका युरोपेली देशहरु बीच भाइरसलाई लिएर आरोप– प्रत्यारोप भए ।

युरोपका केही देश र अमेरिकामा यसको प्रकोप यसरी नाटकीय शैलीमा बढ्यो कि यसलाई थेग्न शक्तिशाली देशरुलाई नै निकै हम्मे–हम्मे परेको छ । यो विश्वव्यापी संकटको शुरुवात चीनबाट भए पनि अहिले यसले दुनियाँलाई नराम्रोसँग आक्रान्त बनाएको छ ।

यसलाई राजनीतिक रङ्ग भर्ने असफल प्रयास गरे । कोरोनालाई ‘चाइनिज भाइरस’ भनेर अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले बोले । युरोपियनहरुले समेत राष्ट्रपति ट्रम्पको भनाइमा सहमत भए र यसलाई उनीहरुले चाइनिज भाइरसको संज्ञा दिए । अमेरिका र युरोपका केही ठाउँमा एसियन मुलका मानिसले भाइरस नै बोकेको जसरी सार्वजानिक ठाउँमै अपमान सहनु पर्‍यो । संसारलाई मानवअधिकारको पाठ पढाउने पश्चिमाहरुले भाइरसलाई एउटा भूगोल अनि ठाउँ विशेषको ट्याग झुण्ड्याउने चेतनाले एक पटक सबैलाई लज्जाबोध गरायो ।


कोरोना भाइरसले एउटा सीमित भेग वा मुलुक मात्र हैन सम्पूर्ण विश्वलाई तनाव दिएको छ । कोरोना भाइरस महामारीले विश्वमा कायम रहेको राजनैतिक अर्थ ब्यबस्था र सामाजिक जीवनशैलीलाई परिवर्तन गर्न त सक्दैन तर, एक पटक मानिसहरु प्रकृतिका अनेक रहस्यहरुतिर अवश्य घोत्लिने छन् । विश्वका मानवले यस्ता थुप्रै मानवीय संकट र महामारीहरुको सामाना गदै आएको इतिहास छ ।

१६२० मा प्लेग, १९१० मा स्पेनिस फ्लु, १९५६ मा एसियन फ्लु , १३४६ मा ब्ल्याक डेथ जस्ता महामारीका कारण करोडौं मानिसको जीवन गएको थियो । विश्वका सबै देशले महामारी रोकथाम तथा नियन्त्रण गर्न आ–आफ्नो देशको नीति अनुसार नियम कानुन बनाएका छन् । प्रायजसो देशले बन्दाबन्दी अर्थात लकडाउनलाई पहिलो प्राथमिकतामा राखेका छन् र यो नै सबै भन्दा प्रभावकारी भएको पनि देखिन्छ । किनकी भाइरसको प्रकृति नै एक मानिसबाट अर्काे मानिसमा सर्ने रहेको छ ।


संसार नै लकडाउन भइरहँदा विश्वका धेरै श्रमिकहरुको काम हुने कुरै भएन । कोरोनाकै कारण करोडौं श्रमिकको गाँस खोसिएको छ । हुन त यो महामारीमा कसरी बाँच्ने भन्ने सवाल नै प्रमुख हो तर, संसारका धेरै मजदुरहरु दैनिक जो श्रम गरेर पेट पाल्ने र गुजारा चलाउने गर्छन् उनीहरु यो महामारी भन्दा पनि गाँस अभावका कारण अत्यन्त प्रभावित भएका छन् । कोरोना भाइरसले सबै क्षेत्रलाई गतिहिन बनाएको छ । विशेष गरी रोजगारीको क्षेत्रमा ठूलै संकट सिर्जना भएको छ ।

संसार नै लकडाउन भइरहँदा विश्वका धेरै श्रमिकहरुको काम हुने कुरै भएन । कोरोनाकै कारण करोडौं श्रमिकको गाँस खोसिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले अप्रिल ६ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका करिब २.७ अर्ब मानिसको रोजगारी प्रभावित हुने औंल्याएको छ । अहिले विश्मा ३.५ अर्ब श्रमिकहरू रहेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कले देखाउछ । प्रतिवेदन अनुसार कोरोना प्रकोपका कारण अमेरिकामा ४३ प्रतिशत, अफ्रिकामा २६ प्रतिशत श्रमिकहरुले रोजगार गुमाउन सक्ने बताएको छ । हामी सहजै अनुमान लगाउन सक्छौ कि प्रकोपका कारण विश्व अर्थतन्त्र, रोजगाार, सामाजिक संरचना आदिमा परेको प्रभावका कारण यसले भोकमरी र वेरोजगारी समस्यालाई झन बढाउने छ किंग्स कलेज अफ लण्डनका प्राध्यापक सन्नेर भन्छन्, ‘कोरोना प्रकोपले विकासशिल देशहरुलाई ३० वर्ष र विकशित देशहरूलाई १० वर्ष पछाडि धकेल्ने छ’ । उनी थप्छन्, ‘यो शान्त तर विनासकारी छ ।’


कोरोना भाइरसको सन्त्रासकै बीच केही सकारात्मक कुरा आएका छन् । भाइरसको उद्गगम थलो वुहानले ठिक ४ दिनअघि अप्रिल ७ मा ७२ दिने लामो लकडाउनलाई अन्त्य गरेको छ । उच्च सतर्कता अपनाउँदै जनजीवनलाई सामान्य बनाउने प्रयास भएको चीनका सञ्चार माध्यमले जनाएका छन् । चीनले भाइरस नियान्त्रणका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेको छ ।

कोरोना भाइरसको सन्त्रासकै बीच केही सकारात्मक कुरा आएका छन् । भाइरसको उद्गगम थलो वुहानले ठिक ४ दिनअघि अप्रिल ७ मा ७२ दिने लामो लकडाउनलाई अन्त्य गरेको छ ।

यो विधिलाई अरु देशहरुले पनि अभ्यासमा ल्याउँदा राम्रो फाइदा गर्नेछ । त्यहाँ सरकारले बनाएको एप नागरिकहरुले डाउनलोड गरेका छन् । एपमा भएको क्युआर कोडमार्फत मान्छेको स्वास्थ्यसम्वन्धी जानकारी लिइन्छ । हरियो सिग्नल भएकालाई हिंडडुल गर्ने अनुमति दिएको छ । शुरुवाती चरणमा कोरोनाको संक्रमित संख्या धेरै देखिएको जापान र कोरियाले पनि भाइरस नियन्त्रणका लागि प्रशंसा गर्न लायक गम्भिरता देखाएको थियो ।


जसरी बिगतमा ठूलाठूला प्रकोपको सामाना गरेर आम मानिसहरुले जीवनलाई पुनः सामान्यीकरण गरे, त्यसरी नै यो कोरानाको कहर पनि धेरै लामो समयसम्म रहने छैन । आम मानिसहरुको जनजीवन सामान्य बन्दै जांँदा हामीले भविष्यमा आईपर्न सक्ने मानवीय संकट र प्रकोपबाट उत्पन्न हुने जोखिमहरु न्यूनिकरण गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट दक्षता अनुसारको साझा प्रयास गर्नुपर्ने कूरालाई गहिरोसँग मनन गरौंं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७