संकटका सारथी बन्दै भूतपूर्व गोर्खा ‘चिफ इन्स्पेक्टर’


२३ बैशाख २०७७, मंगलवार
Naryan Kumar Gurung scaled

काठमाडौं, २३ वैशाख :  मंगलबार (२३ वैशाख २०७७) काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर १० बालुवाखानी पिपलबोटस्थित भलिबल मैदानमा परेडमा सैनिकहरु लामबद्ध भए जसरी लामबद्ध थिए, संखुवासभालीहरु अर्थात् पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मेर काठमाडौंमा कर्मशलीहरु । उनीहरु सरकारले लागु गरेको कडा लकडाउनलाई छिचोल्दै त्यहाँसम्म तातो घाममा हिडेर आइपुगेका थिए । उनीहरु त्यहाँ कुनै रहरले भन्दा पनि बाध्यताले ठेलिएर आएका थिए । लामबद्ध उनीहरुको अनुहारमा पिडा र अभाव दौडिरहेको प्रष्ट महशुस गर्न सकिन्थ्यो ।

Narayan Kumar Gurung 2
अध्यक्ष गुरुङ्ग

‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को कारण दैनिक जीवन यापनमा समस्या भएका मजदुर र आर्थिक अवस्था कमजोर भएका संखुवासभालीहरुको लाइन थियो, त्यो । त्यही लाईनमा कासनको शैलीमा निर्देशन दिदै खटिरहेका थिए, संखुवासभा खाँदवारी नगरपालिका–४ स्थायी घर भई काठमाडौं बसोबास गर्ने नारायण कुमार गुरुङ्ग । उनी फौजी शैलीमा खटिरहेका थिए । तर, उनी कुनै फौजको कमाण्डर नभएर संखुवासभा समाज, काठमाडौंको अध्यक्षको भूमिकामा खटिरहेका थिए । त्यसो त उनी भूतपूर्व कमाण्डर नै हुन् । गुरुङ्ग सिङ्गापुर प्रहरीका अवकाश प्राप्त चिफ इन्सपेक्टर हुन् ।

मंगलबार उनकै अगुवाई र नेतृत्वमा समाजले १ सय ३५ परिवारलाई राहात वितरण गरेको हो । प्रति परिवार एक बोरा चालम(२५ केजी), १ लिटर तेल, १ केजी दाल, १ पोका नुनका दरले संखुवासभा स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने श्रमिक तथा विद्यार्थीहरुलाई राहात वितरण गरिएको संस्थाका कोषाध्यक्ष कृष्णकुमार गुरुङ्गले बताए ।

यो अभियानको नेतृत्व गर्ने संस्थाका अध्यक्ष गुरुङ्ग यस्तरी खटिरहेका थिए, मानौ उनी कुनै मोर्चामा भिडिरहेका छन् । भर्तीमा छदा दौडमा उत्कृष्ट हुने गुरुङ्ग अवकाशपछिको जीवनमा पनि उसैगरी समाजसेवामा फुर्तिलो गरी खटिरहन्छन् । गुरुङ्गले भने, ‘यो संकटको अवस्थामा राजधानीमा बसोबास गरिरहेका कोही पनि संखुवासभाली भोको रहनु हुदैन भन्नेमा हाम्रो जोड छ ।

संकटमा रहेका संखुवासभालीलाई साथ दिनु यो समाजको कर्तव्य सम्झेर यो अभियान सुरु गरेका हौं ।’ मुलुक लकडाउनको अवस्थाले समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको उनको भनाई छ । उनले भने, ‘संकटमा परेकाहरुको दुःखमा साथ दिन पाउँदा हामीलाई खुसी लागेको छ ।’ उनको नेतृत्वमा रहेको समाज काठमाडौं संखुवासभाका बिभिन्न स्थानबाट संघीय राजधानी काठमाडौं आएर बसोबास गरीरहेका संखुवासभालीहरुको साझा संस्था हो । उनले भने, ‘संखुवासभामा जन्मेर राजधानीमा बसोबास गर्ने संखुवासभाली सम्पूर्ण दिदिवहिनी तथा दाजुभाइहरुको सबै प्रकारको सुखदुःखमा साथ दिदै संखुवासभा जिल्लाको संमग्र विकासको निम्ती अभियान सञ्चालन गर्ने पवित्र उद्देश्यको साथ यो संस्थाको स्थापना गरिएको हो । यो संकटमा हामीले सहयोग गर्न पाएकोमा खुसी छौं ।’

 

Purna Kumar Gurung and Narayan Gurung Gurung scaled
अभियान्ता तथा संस्थाका अध्यक्षलाई ७० हजारको चेक हस्तान्तरण गर्दै पूर्णकुमार गुरुङ्ग
Purna Kumar Gurung scaled
सहयोगदाता पूर्णकुमार गुरुङ्ग
Help Nepal
राहात वितरण कार्यक्रम

त्यसो त संखुवासभा समाजको यो अभियानलाई दरिलो साथ दिएका छन् संखुवासभाकै अर्का पूर्णकुमार गुरुङ्गले । उनले यो अभियानको लागि ७० हजार एक्लैले सहयोग गरेका छन् । समाजले पवित्र उद्देश्यका साथ सुरु गरेको अभियानमा सहयोग गर्न पाएकोमा उनी पनि दंग छन् ।  उनले भने, ‘दुःखमा परेकाहरुलाई आफै सहभागी भएर सहयोग गर्न पाउदा मलाई करोडको खुसी मिलेको छ ।’

Help Out Break
राहात

यसैगरी यो अभिानमा अध्यक्ष गुरुङ्ग आफैले १० हजार, कोषाध्यक्ष गुरुङले १० हजार, धनकुमार गुरुङ्गले १० हजार, मेहरमान गुरुङ्गले १० हजार, मोहनसिंह घलेले ५ हजार, कमल काफ्ले ५ हजार, प्रेमबहादुर राईले २५ सय, प्रबिन गुरुङ्गले १० हजार र विष्णु बजगाईले २ हजार सहयोग गरेका छन् । बाँकी लागेको सबै खर्च समाजले गरेको हो ।

अध्यक्ष गुरुङले यो संकटको अवस्थामा कोही पनि विपन्न संखुवासभाली भोको रहन नदिन आफूहरु क्रियाशिल रहने बताए । यसैगरी सबै जिल्ला केन्द्रीत संस्थाहरुले अभियान चलाए यो संकटमा कोही पनि नेपाली भोकै नरहने उनको भनाई छ । उनले भने, ‘हरेक जिल्लासँग सम्बन्धित संघसंस्थाहरुले यसैगरी अभियान चलाए कोही पनि भोको रहने अवस्था आउदैन भन्ने हाम्रो विश्वास पनि छ । साँच्चिकै दैनिक जीवनपायन समस्यामा रहेका कोही श्रमिक तथा विद्यार्थीहरु कोही हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न समेत अनुरोध गर्दछु ।’

भिडियोमा हेर्नुहोस् अध्यक्ष गुरुङ्गको भनाई :-

राहात वितरणपछि संस्थाले निकालेको विज्ञप्ति :
संखुवासभा समाज, काठमाडौं


‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को कारण यतिखेर विश्व ठुलो संकटको अवस्थामा छ । यस प्रकारको त्रासदीबाट मानव समाजले आफूलाई असुरक्षित महसुस गरेको इतिहासमा यो पहिलो पटक हो । यो बेला मानव समाज नै ठुलो त्रासदी र अनिश्चितताको पीडादायी अवस्थाबाट गुज्रिरहेको छ । यो ‘विश्वव्यापी महामारी’ बाट नेपाल पनि अछूतो रहन सम्भव भएन । यो महामारीको रोकथाम तथा नियन्त्रणका लागि मुलुक अहिले ‘लक डाउन’को अवस्थामा छ । गत ११ चैत २०७६ बाट सुरु भएको ‘लक डाउन’ अझैं जारी छ । मुलुक ‘लक डाउन’ भएको अवस्थामा खासगरी दैनिक ज्यालादारी गर्ने श्रमिक र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको दैनिक जीवन यापनमा समेत कठिनाई भएको छ । एकातिर कोरोनाभाइरस संक्रमणको त्रासदी छ भने अर्कातिर श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई दैनिक रुपमा जीवन चलाउन समेत कठिनाई भएको पीडादायी अवस्था छ । यही समस्यालाई मध्यनजर गर्दै राहत वितरणको अभियानहरु समेत सञ्चालन भएका छन् । खासगरी जिल्ला केन्द्रीत अभियानहरु भएका छन् ।

यही समस्या र अवस्थालाई मध्यनजर गर्दै संखुवासभा समाज, काठमाडौंले पनि राहत वितरण सुरु गरेको छ । संखुवासभा समाज, काठमाडौं संखुवासभाका बिभिन्न स्थानबाट संघीय राजधानी काठमाडौं आएर बसोबास गरीरहेका संखुवासभालीहरुको साझा तथा गौरवमय संस्था हो ।


संखुवासभामा जन्मेर राजधानीमा बसोबास गर्ने संखुवासभाली सम्पूर्ण दिदिवहिनी तथा दाजुभाइहरुको सबै प्रकारको सुखदुःखमा साथ दिदै संखुवासभा जिल्लाको संमग्र विकासको निम्ती अभियान सञ्चालन गर्ने पवित्र उद्देश्यको साथ यो संस्थाको स्थापना गरिएको हो । यो संकटको अवस्थामा राजधानीमा बसोबास गरिरहेका कोही पनि संखुवासभाली भोको रहनु हुदैन भन्नेमा हाम्रो जोड रहेको छ । संकटमा रहेका संखुवासभालीलाई साथ दिनु यो समाजको कर्तव्यको रुपमा हामीले बुझेका छौं । यही मान्यताका साथ हामीले आज १ सय ३५ परिवारलाई प्रति परिवार एक बोरा चालम(२५ केजी), १ लिटर तेल, १ केजी दाल, १ पोका नुनका दरले राहत वितरण गरेका छौं । यो संकटको अवस्थामा उहाँहरुलाई सहयोग गर्न पाएकोमा हामी खुसी व्यक्त गर्दछौं । यो अभियानमा समाजलाई निम्न मनकारी दाताहरु सहयोग गर्नुभएको छ । उहाँहरुप्रति समाज हार्दिक आभार प्रकट गर्दछ ।

 श्री पूर्ण कुमार गुरुङ रु,७०,००० /-
 श्री नारायण कुमार गुरुङ रु,१०,००० /-
 श्री कृष्णकुमार गुरुङ रु,१०,००० /-
 श्री धनकुमार गुरुङ रु, १०,००० /-
  श्री मेहरमान गुरुङ रु,१०,००० /-
  श्री  मोहन सिंह घले रु,५,००० /-
 श्री कमल काफ्ले रु,५,००० /-
 श्री प्रेमबहादुर राई रु,२५,०० /-
 श्री प्रबिन कुमार गुरुङ्ग रु,२,००० /-
 श्री विष्णु बजगाई रु,२,००० /-

बाँकी लाग्ने सम्पूर्ण रकम संखुवासभा समाज, काठमाडौंको कोषबाट खर्च गरेका छौं । फेरि पनि हामी भन्न चहान्छौं, यो संकटको अवस्थामा केही पनि संखुवासभाली भोकै रहने अवस्था आउन दिनु हुदैन । संखुवासभा समाज, काठमाडौं यसको निम्ती सदैब क्रियाशिल रहनेछ । हरेक जिल्लासँग सम्बन्धित संघसंस्थाहरुले यसैगरी अभियान चलाए कोही पनि भोको रहने अवस्था आउदैन भन्ने हाम्रो विश्वास पनि छ । साँच्चिकै दैनिक जीवनपायन समस्यामा रहेका कोही श्रमिक तथा विद्यार्थीहरु कोही हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न समेत अनुरोध गर्दछु ।

७० हजार वर्षको मानव समाजको इतिहासमा हाम्रा पूर्वजहरुले यस्ता अनेकौ महामारीसँग जुधेर नै मानव समाजलाई यो अवस्थासम्म ल्याई पु¥याउनु भएको हो । विश्वास छ, यो पीडादायी अवस्थाबाट विश्व र हाम्रो मुलुक छिट्टै मुक्त हुनेछ । हाम्रो खुसीहरु छिट्टै फर्किनेछन् । हामी हाम्रो दैनिकीमा चाडै फर्किनेछौं । तबसम्म घरमै सुरक्षित बस्नका लागि समेत संखुवासभा समाज, काठमाडौं अपिल गर्दछ ।
मिति :- २३ वैशाख २०७७ । 


नारायण कुमार गुरुङ
अध्यक्ष

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७