नेपाल एसबीआई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड सहयोग


२५ बैशाख २०७७, बिहीबार
sbi bank QEuJzHWurV

काठमाडौं ,बैशाख २५ । नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाखको चेक उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।


यसका साथै नेपाल एसबीआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम पाँच लाखको चेक हस्तान्तरण गरिसकेको छ । साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७