धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, कोरोना आशंकामा अस्पताल ‘शिल’


३ जेष्ठ २०७७, शनिबार
dhulikhel

काठमाडाैं, ३ जेठ । धुलिखेल अस्पतालमा उपचारका लागि आएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘शिल’ गरिएको छ ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको र अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नौं दिनकी ती सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै शिल गरिएको जनाइएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला नौं दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन् । महिलाको शंकास्पद मृत्यु भएपछि कोरोनाको आशंकामा उनको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएको थियो ।

त्यसको रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७