बाराका प्रहरीमा कोराना संक्रमण


३ जेष्ठ २०७७, शनिबार
Nepal police

बारा, ३ जेठ । लकडाउन व्यवस्थापनमा अग्रपंत्तिमा खटिंदै आएका बाराका एक प्रहरीमा पनि कोरोना भाइरस संक्रमण भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक प्रहरीमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको जानकारी दिएए । उनले भने, ‘अहिले ४ बजे स्वास्थ्य मन्त्रालयले पनि सार्वजनिक गर्दैछ ।’

बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी गराइएको बताउँदैन कन्ट्याक ट्रेसिङ थालिसकिएको बताए । उनले भने, ‘उनीसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

स्रोतका अनुसार जवान प्रहरीको मुद्दा शाखामा कार्यरत भएकाले जिल्ला सरकारी वकिलको कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत समेतको गरी २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७