युएन मिसनमा रहेका एक नेपाली सेनामा कोरोना संक्रमण, ७० बढीमा रुघाखोकीको समस्या


४ जेष्ठ २०७७, आईतवार
un mision

काठमाडौं, ४ जेठ । युएन मिसनमा रहेका एक नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ ।
मालिस्थित मिनुस्माको मिसनमा रहेका ३७ वर्षीयमा सेनाको एक जमदारलाई कोरोना संक्रमण देखिएको हो ।

मालीको मिसनमा रहेका एक नेपाली सेनामा कोरोना पुष्टि भएका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले समेत पुष्टि गरेका छन् । युएन मिसनको लेभल–२ हस्पिटलमा गरिएको पिसिआर टेस्टमा ती सैनिकमा कोरोना पोजिटिभ देखिएको हो । उनको अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।

प्रवक्ता पाण्डेले मिसनमा रहेका एक जनामा संक्रमण देखिएको र अन्यमा कुनै समस्या नभएको बताए पनि सँगै रहेका अन्य ७०–८० नेपाली सेनामा रुघाखोकी देखिएको त्यहाँ रहेका एक सैनिक जानकारी दिएका छन् ।

उनले मिसनमा रहेका धेरै सैनिकमा रुघाखोकीको समस्या रहेको र क्वारेन्टाइनको उचित व्यवस्था नहुँदा सबै जना एउटै हलमा बस्नु पर्ने वाध्यता रहेको बताए । उनले एक जनामा कोरोना देखिएको र अन्य धेरैमा रुघाखोकीको समस्या भए पनि उपचारको उचित व्यवस्था नहुँदा त्रासमा रहनु परेको बताएका छन् । तर सैनिक प्रवक्ता पाण्डेले भने उपचार नपाएको, वेवास्ता गरिएको कुरालाई अस्वीकार गरेका छन् । मिसनमा रहेका सेनाको समस्यामा गम्भिर नहुने प्रश्नै नआउने बताउँदै प्रवक्ता पाण्डेले उनीहरुको सबै उपचार युएनले नै गर्ने बताए ।


माली मिसनमा १४० जना रहेका छन् । उनीहरुको मिसन अवधि दुुई महिनाअघि नै सकिएको हो तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण नेपाल फर्किन पाएका छैनन् । युएनले अहिले मिसनमा रहेको सबै फ्लाइटहरु बन्द गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७