रुकुम पश्चिमको घटना छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग


१३ जेष्ठ २०७७, मंगलवार
min bishwakarma

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी घटाइएको घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै कांग्रेसका सांसद तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले घटना छानविनको लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

उनले सत्तारुढ दलकै स्थानीय तहका प्रतिनिधिहरुले घटनालाई तोडमोड गर्न लागिपरेको भन्दै उनले यस्तो कार्यमा आपत्ति समेत जनाए । उनले पीडित दोषीलाई कानुनी कारबाहीका लागि छानबिन समिति गठन गर्न माग गर्दे पीडित पक्षलाई राहत र क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

सांसद विश्वकर्माले घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिन समेत माग गरेका छन् । ‘यो घटनालाई छानविन गर्नका र सत्यतथ्य पत्ता लगाएर सरकार र संसदलाई प्रतिवेदन दिनका लागि संसदीस्य छानबिन समिति गठन होस्’, उनले भने, ‘ तत्काल शंकास्पद व्यक्तिलाई पक्राउ गरियोस् र पक्राउ परेकालाई कारबाही गरियोस् ।’ उननले पक्राउ परेका मानिसलाई राजनीतिक आडमा नबचाउन समेत सुझाब दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७