जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखको साँघुरो जीत, बोरुसिया डर्टमण्ड १–० ले पराजित


१४ जेष्ठ २०७७, बुधबार
rU1M3Yjkqe3cSv4hSMaE

काठमाडौं, १४ जेठ । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जीत निकालेको छ ।

गए राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १–० ले पराजित गरेको हो । उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी ७ अंकको बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७