बाँके दुर्घटना : मृत्तक १२ मध्ये दुईको सनाखत, यी हुन् २१ घाइते (नामावलीसहित)


१९ जेष्ठ २०७७, सोमबार

बाँके, १९ जेठ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गाडी दुर्घटना हुँदा मृत्यु भएकाहरुमध्ये हालसम्म दुई जनाको मात्र सनाखत भएको छ ।

गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो । अरु १० जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एक जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ ।

यी हुन् दुर्घटनामा घाइते भएका २१ यात्रु
दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७