यी हुन् कांग्रेसले प्रदेश–२ को राष्ट्रियसभा सदस्य उम्मेद्वार छान्न सकेन


१० माघ २०७४, बुधबार
Nepali Congress

काठमाण्डौं, १० माघ : नेपाली कांग्रेसले अन्य प्रदेशको राष्ट्रियसभा सदस्य उम्मेद्वार छनौट गरे पनि प्रदेश नम्बर–२ को उम्मेद्वार छान्न सकेको छैन ।Nepali Congress

पार्टीका शीर्ष नेताहरुको मत विभाजनका कारण उम्मेद्वार छनौटमा ढिलाइ भएको कांग्रेस स्रोतले जनाएको छ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर–२ बाहेक अन्यमा उम्मेद्वार तय गरेको छ ।

राजपा र फोरमसँगको तालमेलका कारण प्रदेश–२ मा दुई सिट मात्र पाएको कांग्रेसले अनौपचारिक रुपमा भने नाम प्रस्तावित गरेको छ । तर, औपचारिक निर्णय नभएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । जीतको अवस्था हेरेर कांग्रेसले उम्मेद्वार तय गरेको छ । ५६ सिटका लागि हुने निर्वाचनमा तालमेलपछि कांग्रेसले ६ सिट राजपा तथा फोरमलाई छाडे पनि अन्य सवै क्षेत्रमा एकल उम्मेद्वार उठाउने अवस्था थियो । तर, वाम गठबन्धनको बहुमत भएका क्षेत्रहरुका आधा मात्र उम्मेद्वार कांग्रेसले तय गरेको छ ।
यी हुन् कांग्रेसका उम्मेद्वार
प्रदेश नम्बर–१
रमेशजंग रायमाझी–खुला
सरिता प्रसाई–महिला
विनकुमार विश्वकर्मा–दलित
अल्पसंख्यकबाट बाँकी
प्रदेश नम्बर–२
जीतेन्द्र देव
मुख्तादेवी यादव
रापजासँगको तालमेलपछि औपचारिक निर्णय हुन बाँकी ।
प्रदेश–३
राधेश्याम अधिकारी खुला
धना खतिवडा–महिला
मदनकृष्ण श्रेष्ठ–अपाङ्गता
हरिशरण नेपाली–दलित
प्रदेश–४
सुरेन्द्रराज पाण्डे–खुला
बृन्दा रानामगर–महिला
जीतबहादुर नेपाली–दलित
प्रकाश पन्त–अपाङ्गता
प्रदेश नम्बर–५
दुर्गाप्रसाद उपाध्याय–खुला
अनिता देवकोटा–महिला
मैकुलाल वाल्मिकी–दलित
लटुबहादुर खत्री–दलित
प्रदेश नम्बर–६
विष्णुबहादुर शाही–खुला
सूर्यदेवी मल्ल महिला
सीताराम विक–दलित
गोपालप्रसाद शर्मा–अपाङ्ता
प्रदेश नम्बर–७
बद्री पाण्डे–खुला
तारादेवी भट्ट–महिला
शेरीराम पार्की–दलित
छत्रराम जोशी–अपाङ्गता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७