राष्ट्रिय सभाको उम्मेदवार चयनमा भुसाल र भट्टराईको ‘नोट अफ डिसेन्ट’


१० माघ २०७४, बुधबार
Yogesh Bhattarai and Ghanshyam Busal

काठमाडौं, १० माघ : राष्ट्रिय सभा उम्मेदवारको बिषयमा नेकपा (एमाले) भित्र विवाद उत्पन्न भएको छ । पार्टी स्थायी समितिले उम्मेदवार चयनबारे गरेको निर्णयमा उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

Yogesh Bhattarai and Ghanshyam Busal

राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा पार्टीमा योगदान गरेका नेताहरुलाई पाखा लगाइएको भन्दै उपमहासचिव भुषाल र सचिव भट्टराईले ‘नोट अफ डिसेन्ट’ हुन् । सोमबार र मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा भएको स्थायी समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको थियो । तर, पार्टीमा योगदान गरेका र क्रियाशिलहरुलाई पाखा लगाइएको भन्दै भुषाल र सचिव भट्टराईले असन्तुष्टी राखेका हुन् ।

चित्त नबुझेका विषयमा असहमति राख्ने पार्टी–पद्धति नै भएको भएको बताउँदै भट्टराईले निर्णयपूर्व विमति राखे पनि निर्णयश्चात कार्यान्वयन गर्न उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘चित्त नबुझेका बिषयमा असहमति राख्ने अनि भएका निर्णयलाई कार्यन्वायन गर्ने, एउटा लोकतान्त्रिक पार्टीमा यसलाई सर्बस्विकार्य प्रकियाका रुपमा बुझ्नु पर्दछ । अनेकताबिचमा एकता जनताको बहुदलीय जनबादको बिशेषता ।’

खासगरी एमालेको राजनीतिमा कुनै योगदान नभएकी कोमल ओलीलाई एमालेले राष्ट्रियसभाको सांसद बनाउने निर्णयको तिव्र बिरोध भएको छ । पंञ्चायताकालदेखि एमालेको राजनीति गर्दैआएकी शोभा ज्ञवाली, जनआन्दोलनका प्रथम सहिद एन्जिला थापा लगायतका पार्टीमा योगदान गरेकालाई पन्छाएर वलीलाई बनाएपछि विवाद भएको हो ।

गायिका वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । प्रतिनिधि सभा निर्वाचनमा एमालेले उम्मेदवारी नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएकी थिइन् । उनले एमालेले धोका दिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर ‘एमालेलाई देखाइदिने’ चेतावनी दिएकी थिइन् । एमाले दाङका एक पदधिकारी भन्छन्,‘एमालेले उम्मेदवारी नदिएपछि पार्टी नेतृत्वलाई धम्काएर देखाइदिने बताएकी थिइन्, तर पछि नेताहरु मिलाए ।’ पार्टीलाई फिरौती र ब्लकमेलको शैलीमा धम्की दिने वलीलाई राष्ट्रिय सभामा पठाएर एमालेले योगदान भएका महिलाहरुलाई भने फालेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि जनआन्दोलनका प्रथम सहित उमेशचन्द्र थापाकी पत्नी एन्जीला थापाको नाम पनि दाङबाटै सिफारिस भएको थियो । तर, उनी भने सिफारिसमा परिनन् । प्रदेश नम्बर ५ बाट सहिद पत्नी थापा सहित पार्टीमा योगदान गरेका पुष्पाञ्जली उपाध्याय, कमला रिजाल, भारती खनाल, कृष्णा गुरुङ, राधिका शर्मा भट्ट, चन्द्रकुमारी पुन, नारायणी शर्मा पनि सिफारिसमा थिए । तर, उनीहरु सबैलाई पछि पारेर वलीले बाजी मारेकी छिन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७