डिभिजन टू खेल्ने नेपाली टोलीको घोषणा, को-को छन् टिममा ?


११ माघ २०७४, बिहीबार
Icc Nepal criket

 

काठमाडौं: डिभिजन टू खेल्ने नेपाली त्रिकेट टोलीको घोषणा भएको छ । विश्व क्रिकेट लिग डिभिजन टूका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा अनिल र रोहितले पनि स्थान बनाएका छन् ।
युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साह राष्ट्रिय टोलीमा स्थान बनाए ।Icc Nepal criket

यू(१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।

अनिल पनि राष्ट्रिय टोलीमा परेको भने पहिलो पटक हो । यद्यपी विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नु अघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि अनिलकुमार साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएनन् ।

ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख छन् ।

यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा छ । सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् । डिभिजन टू अर्को महिना नामिबियामा हुँदैछ र नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा घरेलु टोलीविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७