बारामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि


७ असार २०७७, आईतवार
korona 1

बारा, ७ असार । बारामा आज (आइतबार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये एक २४ वर्षीय पुरुष हुन् । अन्य दुई जनाको उमेर खुलेको छैन । फर्ममा दुई संक्रमितको उमेर उल्लेख भएको छैन ।

संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो । योसँगै बारा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ ।

एक जना महिलासहित २० जनाको कलैया अस्पताल अन्र्तगत शैक्षिक तालिम केन्द्र गंगापुर आइसोलेसनमा उपचार भइरहेको छ । अरु संक्रमित डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७