स्याङजाका १२ महिने शिशुसहित थप २२ जनामा संक्रमण


१३ असार २०७७, शनिबार
korona 1

पोखरा, १३ असार । स्याङजाका एक १२ महिने संक्रमित शिशसहित गण्डकी प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित शिशु आफ्ना अभिभावकसँगै भारतबाट आएको खुलेको छ । भारतमा होटल व्यवसाय गर्दै आएका शिशुका अभिभावक ३१ जेठमा नेपाल आएका थिए ।

शनिबार गण्डकी प्रदेशमा १२ महिने एक शिशुसहित ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमा २२ जना स्याङ्जाका हुन् । ‘संक्रमित शिशुसहित उनका अभिभावकलाई हामीले गाउँपालिकाकै क्वारेण्टिनमा राखेका थियौं’, अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले भने, ‘आज आएको क्वारेण्टिनमै बसेकाहरुकै रिपार्ट हो ।’

शनिबार गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो परीक्षण रिपोर्ट अनुसार अर्जुनचौपारीमा मात्रै १९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकाहरु सबै भारतबाट नै आएकाहरु हुन् ।

असार ५ गते क्वारेण्टिनमा बसेकाहरुको स्वाब पठाइएकोमा शनिबार मात्रै रिपोर्ट आएको उनले प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार अर्जुन चौपारीमा रहेको क्वारेण्टिनमा हाल ९२ जना रहेका छन् । तीमध्ये ११ जना तेस्रो मुलुकबाट आएका छन् भने बाँकी भारतबाटै आएका हुन् ।

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७