मृगौला पिडित कर्ण घलेलाई ५ लाख ७५ हजार आर्थिक सहयोग


१४ असार २०७७, आईतवार
An experience of Karna Ghale tourist Guides

काठमाडौं, १४ असार :  दुबै मृगौला पिडित समाजसेवी तथा पर्यटनकर्मी कर्णबहादुर घलेलाई संखुवासभा तमू समाज हङकङले ५ लाख ७५ हजार ९ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । घलेको उपचारमा सहयोगका लागि समाजले आर्थिक सहयोग संकलन गरेर शनिबार हस्तान्तरण गरेको हो ।

घले दुबै मृगौला फेल भएपछि महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा उपचारत छन् । घलेले अहिले नियमित डायलसिस गराइरहेका छन् ।संखुवासभा तमू समाज हङकङले संकलन गरेर पठाएको रकम समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार धिरज गुरुङले हस्तान्तरण गरे । संखुवासभा समाज, काठमाडौं र संखुवासभा तमू समाजको रोहबरमा सहयोग हस्तान्तरण गरिएको हो ।

CI NK Gurung and his team
सहयोग हस्तान्तरण गर्दै


हस्तान्तरण कार्यक्रममा संखुवासभा समाजका अध्यक्ष नारायणकुमार गुरुङ, कोषाध्यक्ष कृष्णकुमार गुरुङ, संस्थापक सदस्य पूर्णकुमार गुरुङ, कल्पना गुरुङ उपस्थित थिए । यसैगरी संखुवासभा तमू समाजका उपाध्यक्ष बाबुराम गुरुङ, महासचिव डम्बरसिंह गुरुङ, आशिष गुरुङ, कुबिर गुरुङ सल्लाहकार टीकाराम गुरुङ र चक्र गुरुङ उपस्थित थिए । यसैगरी संखुवासभा तमू समाज, युकेका अध्यक्ष रामचन्द्र गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छेटु शेर्पा उपस्थित थिए ।

CI NK
घलेलाई सुभेच्छा प्रकट गर्न पुगेका सुभेच्छुकहरु


को हुन् घले ?
घले पर्यटन क्षेत्रका अगुवा तथा अभियान्ता हुन् । नेपाल ट्रेकिङ गाइड एसोसिएसनका अध्यक्ष रहेका घले अरुण शुसेलीका संयोजकको रुपमा क्रियाशिल छन् । उनी संखुवासभा तूम समाजको सल्लाहकार हुन् । पर्यटक गाइडको रूपमा १९९० बाट काम गर्दै आएका घलेले ट्रेकिङ गाइडको हकअधिकारको निम्ती महत्वपूर्ण काम गरेका छन् ।

उनी तत्कालिन संघीय समाजवादी निकट संघीय समाजवादी फोरम अन्तर्गत संघीय पर्यटन मञ्चका अध्यक्ष समेत हुन् । जीवनभर उत्पीडित समुदाय र ट्रेकिङ श्रमिकहरुको पक्षमा लडेका घलेलाई सबैले सहयोग गर्नुपर्ने संखुवासभा समाजका अध्यक्ष नारायणकुमार गुरुङ बताउँछन् । भन्छन्, ‘उहाँ हाम्रो लागि एकजना आदरणीय र प्रेरक व्यक्तित्व हुनुहुन्छ । उहाँलाई संकट परेको बेला सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’

सहयोगदाताहरु

1) चन्द्र बहादुर गुरुङ, खानपा ४ सेकाहा -$501
2) टिका राम गुरुङ, खानपा ४ सेकाहा -$501
3)श्याम कुमार गुरुङ, स्वाचि -$501
4) कृष्ण कुमार गुरुङ, हेलुवा -$1003
5) खडग माङ्मालि, माङ्माया, -$150
6) लालबहादुर गुरुङ, मानेभन्ज्यङ-$200
7) उपेन्द्र कोरंगी, मादि नपा, मादि -$200
8)नरेन घले चिचिला गापा, देविटार -$500
9) सुजन घले खानपा ११, हेलुवा -$501
10) कुमार गुरुङ खानपा ४, सेकाहा,-$302
11) जुद्दबिर गुरुङ खानपा ३, -$200
12) लुम्बिनि क्लब, साम्पाङ भोजपुर -$250
13) एलबि गुरुङ,पाचखपन नपा -$200
14) मिना बिष्णु, खानपा, लेलुव -$1500
15) लीला गुरुङ, माङ्सिमा -$500
16) सुसन गुरुङ, मत्छेपोखरी -$300
17) प्रेम कोरंगी, मादी -$500
18) गजेन्द्र गुरुङ, खानपा, शिरिसे -$500
19) बालकुमार घले, खानपा, हेलुवा -$1007
20) मनोज गुरुङ चिचिला, पख्रिबास -$500
21))चक्र गुरुङ चिचिला गापा -४ -$200
22) देबेन्द्र कोरंगी, मादी -$500
23) डिल्ली प्रसाद गुरुङ, स्वाची-$300
24) दुर्गाबहादुर गुरुङ, मच्छेपोखरी-$201
25) कर्ण कोरंगी -$500
26) ज्ञानबहादुर गुरुङ -$500
27) सुमन /बिद्या, खानपा सेकाहा-$500
28) मबिसेन राई, सितलपाटी आङ्ला -$200
29) जेपी गुरुङ -$300
30) सजनी गुरुङ, सितलपाटी आङ्ला-$200
31) गजेन्द्र घले, खानपा-१०, हेलुवा- $755
32) किशोर/ तुलमया गुरुङ, पाख्रिबास-$500
33) युवाराज गुरुङ खानपा-१० हेलुवा-$500
34) भबिना/ रमेश गुरुङ -$500
35) धनबहादुर गुरुङ, खानपा -३,-$505
36) शोभा राई, दिदिङ् -$110
36) मुना घले, बागसिदा -$120
37) बिश्ना घले, बागसिदा -$51
38) टीबी याक्खा, पाँचखपन,खमारे-$305
39) सुना गुरुङ घले, खानपा माल्टा – $500
40) बाबुराम गुरुङ -खोटाङ बासपानी -$505
41) दिपक राई – खोटाङ बासपानी -$350
42) दिपक गुरुङ -काठमान्डु शोभाहिटि -$200
43) होविन गुरुङ – पोखरा -$205
44) श्यामबहादुर गुरुङ -कास्की धिप्रुङ -$200
45) देबराज राई, जिल्ला, पाचथर -$512
46) डम्बर घले (असई)-$300
47) सुमन गुरुङ, इटहरी -$301
49) प्रल्हाद गुरुङ खानपा-५ माल्टा -$1111
50) प्रदीप गुरुङ खानपा-५ माल्टा-$1605
51) आशा गुरुङ चिचिला-$205
52) पदम गुरुङ खानपा-५, -$313
53) हर्कबहादुर घले, कानेपोखरी- $601
54) निमा शेर्पा खानपा-३, -$501
55) शान्ता कुमार राई खानपा-१,-$203
56) पर्बत्त गुरुङ ,जिल्ला खोटाङ-$203
57) चन्द्रप्रसाद राई ,चिचिला गापा-१,-$301
58) ज्ञानबहादुर/मबीना गुरुङ, माल्टा-$301
59) श्याम कुमार गुरुङ,जिल्ला खोटाङ-$505
60) धर्मराज गुरुङ, मच्छेपोखरी-$300
61) सुरेश गुरुङ, मादी -$100
62) निरबहादुर गुरुङ, लामागाउ-$503
63) हरिबहादुर गुरुङ, खानपा सेकाहा-$500
64) मिलन राई, खानपा गैरी पाङ्मा -$110
65) अंबरबहादुर गुरुङ, खराङ -६ -$550
66) मन कुमार लिम्बु, जिल्ला झापा-$200
67) बिष्णु गुरुङ, मच्छेपोखरी -$110
68) सुस्मा गुरुङ मच्छेपोखरी -$210
69) मच्छिन्द्र गुरुङ, सेकाहा, देबीथान -$300
70) लोकबहादुर गुरुङ, हेलुवा-$501
71) आरेन मादेन, धरान -$151
72) कबिता राई -$50
73) रबि घले, बागसिदा-$500
74) मणीशेखर गुरुङ, सेकाहा -$500
75) कमनसिंह घले सेकाहा -$500
76) राज लिम्बु जिल्ला मोरङ -$200
77) डम्बर घले, हेलुवा -$500
78) तिर्थ राम घले, हेलुवा -$1700
79) गौमाया घले, बागसिदा-$306
80) भिमा गुरुङ, जिल्ला ईलाम-$300
81) झुना गुरुङ, नुनधाकी-$200
82) रोशन घले, नुनधाकी-$400
83) माइकल गुरुङ, खानपा सेकाहा-$505
84) प्रकाश गुरुङ, खानपा सेकाहा -$205
85) कमनसिंह गुरुङ, खानपा सेकाहा-$500
86) उत्तरकुमार गुरुङ, माङ्सिमा-$500
87) गोपाल खड्का-$200
88) अशोक सरुमगर -$100
89) तुलबहादुर गुरुङ, माङ्मया -$300
———————————————
+90) धिरज गुरूडं ने रु.२०००/-

जम्मा रकम:- HK$36,788 (अक्षेरूपी छत्तिस हजार सातसया अठासि मात्र ) NPR. 5,73900/-+2000/- जम्मा NPR 575900/-अक्षेरूपी पाच लाख

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७