आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रधानमन्त्री


१६ असार २०७७, मंगलवार
PM KP Oli
बैठकमा प्रधानमन्त्री ओली

काठमाडौं, १६ असार :  आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

जारी स्थायी कमिटिमा अनुपस्थित प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र सक्रिय छ ।’

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरु पनि दिल्ली उक्सावटमा लागेको बताए । प्रधानमन्त्री ओलीले कसैले हटाउन नसोचे हुन्छ भन्दै चेतावनी समेत दिए । भने, ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सिमाको बिषयमा केन्द्रीयत स्थायी कमिटि बैठकको बिषय ‘डाइर्भट’ भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायत स्थायी कमिटि सदस्यहरुले यो बिषयमा कुरा उठाएका छन् ।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए । एक स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले भनेका थिए, ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् ।’

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरे । बैठकको सुरुमा बोल्दै अध्यक्ष नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्
भारतले सरकार ढाल्न लागेको कुरा स्पष्ट पार्न प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको माग
प्रचण्डले ओलीलाई भने, ‘राजीनामा दिल्लीले होइन, मैले मागेको हुँ, दुवै पदबाट राजीनामा दिनुस्’ प्रधानमन्त्रीको उल्टै प्रश्न, ‘वैठकका कुरा दिल्लीका मिडियामा कसरी हुबहु आए ?’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७