सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दोलखाको मागा देउरालीमा


१९ असार २०७७, शुक्रबार
1593693174czbil blb

काठमाडौं, असार १९ । सिटिजन्स बैंकले दुर्गम ठाउँमा सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ।

यसै क्रममा बैंकले दोलखाको मागा देउराली ३ बाघखोरमा असार ३ गतेबाट १०४ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।


यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुनेछ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरी हालसम्म कुल ६१ लाख सहयोग गरेको छ।

बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ। साथै यस बैंकको ए।टि।एम कुनै पनि बैंकको एटिएम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७