छिमेकीको हत्या गरेर गोरे फरार, पक्राउ गर्न सबै सीमा नाकामा प्रहरी परिचालन


२१ असार २०७७, आईतवार
hatya 2
सांकेतिक तस्वीर

कञ्चनपुर, २१ असार । कञ्चनपुरको पुनर्वासमा शनिबार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का डिएसपी अमर थापाले जानकारी दिएका छन् ।

हत्यामा उनकै छिमेकी ४० वर्षीय गौरव खड्का (गोरे) को संलग्नता रहेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार छन् । घटनाको कारण खुल्न सकेको छैन ।

उनको खोजी भइरहेको डीएसपी थापाले नेपालखबरलाई जानकारी दिए । उनी भाग्न जान सक्ने सम्भावित सबै नाकामा प्रहरी खटाइएको उनले बताए ।

धनगढीबाट कुकुर समेत ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले एसपी मुकुन्द मरासिनी पनि पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७